CLI

घट्यो बैंकहरुको नाफा, मंसिरसम्म कमाए २५ अर्ब ७२ करोड, कुन बैंकले कति ? 

काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको मंसिरमसान्तसम्म समग्रमा २५ अर्ब ७२ करोड नाफा कमाएका छन् । यो गत वर्षको मंसिरको तुलनामा १४.९५ प्रतिशत कम हो । गत वर्षको मंसिरमा बैंकहरुले ३० अर्ब २४ करोड नाफा आर्जन गरेका थिए । अहिले भने उक्त नाफा घटेको छ ।

त्यसो त, पछिल्लो समय बैंकहरुको खराब कर्जा बढ्दै गएको छ । देशमा जारी आन्दोलन र आर्थिक मन्दीको प्रभावले बैंकहरुको ऋण संकलनमा चुनौती थप्दा नाफामा समेत असर परेको देखिन्छ । बैंकिङ क्षेत्रमा बढ्दो आक्रमण र वित्तीय अस्थिरताले खराब कर्जा व्यवस्थापनलाई अझ कठिन बनाएको छ। यसै कारण गत आर्थिक वर्षको तुलनामा बैंकहरुको नाफा घटेको हो।

साथै प्रतिस्पर्धात्मक ब्याजदर, आर्थिक गतिविधिमा सुस्ती, उच्च सञ्चालकीय खर्च र ऋण व्यवस्थापन चुनौतीहरु बढेकाले बैंकहरुको नाफा घटेको विश्लेषण गरिएको छ ।

यसअवधिसम्म आइपुग्दा ग्लोबल आइएमई बैंकले ३ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, नबिलले ३ अर्ब ११ करोड, प्राइम कमर्सियलले १ अर्ब ९२ करोड, एभरेष्टले १ अर्ब ८९ करोड नाफा कमाएको नेपाल राष्ट्र बैंकले जनाएको छ । सबैभन्दा कम नाफा कमाउनेमा सिटिजन्स बैंक रहेको छ । यसले ५ महिनामा २४ करोड ३७ लाख नाफा कमाएको छ ।

कुन बैंकले कति कमाए ? 

Leave Your Comment

Related News