CLI

सेयर बजारमा सामान्य सुधार, ६ अर्ब २०करोडभन्दा बढीको कारोबार

काठमाडौं । बुधबार नेप्से परिसूचक १.५२ अंकले बढेको छ । बजार २६४१.४३ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३२० वटा कमप्नी ७२ हजार ६७१ पटक कारोबार हुँदा १ करोड २५ लाख ४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ६ अर्ब २० करोड ९४ लाख पुगेको छ । यो रकम मंगलबारको तुलनामा ७८ करोड १० लाख रुपैयाँले कम हो । मंगलबार कारोबार रकम  ६ अर्ब ९९ करोड ४ लाख पुगेको छ ।

यस दिन ८ वटा उप समूह बढेका छन् भने ५ वटा घटेका छन् । विकास बैंक ०.०१ प्रतिशत,  वित्त २.५५, होटल्स तथा पर्यटन समूह ०.३१ जलविद्युत ०.०७, लगानी०.११, म्युअुचल फण्ड ०.०८, निर्जीवन बीमा ०.३८, र व्यापार समूह ०.६७ प्रतिशतले बढेका छन् । बैंकिङ ०.०८, जीवन बीमा ०.०१, उत्पादन र प्रशोधन ०.४१,लघुवित्त०.०५ र अन्य समूह ०.१३ प्रतिशतले घटेका छन् ।

यस दिन सुपर मादी हाइड्रोपावर ९.९४ प्रतिशतले बढेको छ। त्यस्तै, थ्रिस्टार हाइड्रोपावर ८.२३ प्रतिशतले बढेको छ भने एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था ७.३४ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड २४ लाख रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै ,यस दिन यूनियन हाइड्रोपावरको २३ करोड ३२ लाख  रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News