CLI

 तालिमको रकम हिनामिना गरेको आरोपमा बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर सहित ८ जना विरुद्ध भ्रष्टचार मुद्धा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले सर्लाही बलर नगरपालिकाले सञ्चालन गरेको किशोरीहरुको लागि खेलौना बनाउने तालिमको रकम हिनामिना गरेको आरोपमा बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर प्रसाद कुशावहा सहित ८ जना विरुद्ध भ्रष्टचार मुद्धा दायर गरेको छ ।

अख्तियारले नगरपालिकाका नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहा, वडा अध्यक्ष मनोज मोहन कुमार सिंह, प्रमुख प्रशासकीय अधिकृत सुशिल कुमार साह, योजना शाखा प्रमुख उदय कुमार साह, सहायक लेखापाल राज कुमार महतो, शान्ति विकास कल्याण केन्द्र नेपालका अध्यक्ष सविन्द्र नरायाण साह, उक्त केन्द्रका उमेश कुमार पासवान र जाजुल मिया कवारी विरुद्ध भ्रष्टचार मुद्धा दायर गरेको हो । अख्यितारले नगर प्रमुख रामा शंकर प्रसाद कुशावहा सहित ८ जना विरुद्ध भ्रष्टचार गरेको आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो । अख्तियारले उनीहरुलाई ३ लाख ८२ हजार ५३ रुपैयाँ बिगो र भ्रष्टचार निवारण ऐन, २०५९ अनुरुप सजायको मागदाबी गर्दै मुद्धा दायर गरेको हो ।

४ लाख बजेटको किशोरीहरुको लागि खेलौना बनाउने तालिम सञ्चालन नगरी उनीहरले भ्रष्टचार गरेको आरोप अख्तियारले लगाएको छ । तालिम सञ्चालन नगरी उनीहरुले शान्ति विकास कल्याण केन्द्रलाई ३ लाख ८२ हजार ५३ रुपैयाँ भुक्तानी दिई भ्रष्टचार गरेका हुन् ।

यस्तो छ आरोपपत्र
जिल्ला सर्लाही, बलरा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयबाट आ.व. २०८०÷०८१ मा संचालन भएको किशोरीहरुको लागि खेलौना बनाउने तालिममा विनियोजित भएको रकम हिनामिना गरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला सर्लाही अन्तर्गत बलरा नगरपालिकामा आ.व. ०८०÷८१ मा विभिन्न कार्यक्रम÷परियोजना अनुसार बजेट बिनियोजन भएकोमा बलरा नगरपालिकाले आ.व. २०८०÷०८१ मा ११ औं नगरसभाबाट पारित नगरस्तरीय कार्यक्रम “किशोरीहरुको लागि खेलौना बनाउने तालिम” को रु.४,००,०००।– बजेट बिनियोजन भई उक्त तालिमको लागि बलरा नगरपालिकाले रु.३,९९,९९९।७ लागत अनुमान तयार गरी बलरा नगरपालिका र शान्ति विकास कल्याण केन्द्र गौर–८, रौतहट बीच ३० कार्यदिन तालिम संचालन गर्न सम्झौता गरी मिति २०८१÷०१÷११ गते तालिम संचालन भई मिति २०८१÷०२÷१० गते समापन भएको भनिएकोमा उक्त तालिममा बलरा नगरपालिका वडा नं ५ का सहभागीहरुले तालिम जम्मा ५ दिन मात्र भएको, यातायात खर्च नबुझेको तत् हस्ताक्षर÷औंठाछाप नगरेको भनी स्थलगत मुचुल्कामा खुलाईदिएको देखिएको, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला शाखा कार्यालय बर्दिबास महोत्तरीले १७ जना सहभागीहरु मध्ये ९ जना सहभागीहरुको हस्ताक्षर÷औंठाछाप नमिलेको भनी परीक्षण प्रतिवेदन दिएको देखिएको, उक्त तालिमको उपादेयता हासिल गर्न अनिवार्य रुपमा ३० दिन संचालन गर्नै पर्ने अन्यथा त्यसको उपादेयता नै नहुने कुरा जानी बुझी तोकिएको तालिम सञ्चालन नगरी झुट्टा तथा नक्कली बिल भरपाई सहितका कागजात तयार एवं स्वीकृति गरी÷गराई सोही बमोजिम बलरा नगरपालिकाबाट भुक्तानी लिए दिएको स्थापित भएको देखिंदा बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहा, वडा अध्यक्ष मनोज मोहन कुमार सिंह, प्रमुख प्रशासकीय अधिकृत सुशिल कुमार साह, योजना शाखा प्रमुख उदय कुमार साह, सहायक लेखापाल राज कुमार महतो, शान्ति विकास कल्याण केन्द्र नेपालका अध्यक्ष सविन्द्र नरायाण साह, उक्त केन्द्रका उमेश कुमार पासवान र जाजुल मिया कवारीसमेतको एक आपसी मिलेमतोमा तथा योजनामा ३० कार्य दिन नै संचालन भए गरेको भनी देखाउन उद्‍घाटन÷समापनको हाजिर विवरणमा बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहा र वडा अध्यक्ष मनोज कुमार सिंह उपस्थित भई सोही उपस्थितिसमेत देखाई हस्ताक्षर गरी सम्झौता बमोजिम तालिम संचालन नै नगरी नगराई सहभागी भनिएकाहरुको झुट्टा तथा नक्कली बिल भरपाई लगायतका कागजात तयार गरी गराई गलत प्रतिवेदन दिई दिन लगाई सोही झुट्टा तथा नक्कली बिल भरपाई लगायतका संलग्न कागजातहरुको आधारमा शान्ति विकास कल्याण केन्द्रलाई रु.३,८२,०५३।– राष्ट्रसेवक र राष्ट्रसेवक बाहेकका व्यक्तिहरुले गैरकानूनी लाभ लिने दिने उद्देश्यले भुक्तानी दिए लिएको पुष्टि भएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को (ङ) बमोजिमको कसुर भएको हुँदा निज प्रतिवादीहरुलाई देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

Leave Your Comment

Related News