काठमाडौं । नेपाल स्टक एक्सेचेन्ज (नेप्से)ले गत वर्ष अर्थात, आर्थिक वर्ष २०८१-८२ मा १ अर्ब ८० करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोह अवधिको तुलनामा ७८ प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले १ अर्ब १ करोड ३७ लाख नाफा आर्जन गरेको थियो ।
नेप्सेको धितोपत्र कारोबारबाट २ अर्ब ७४ करोड ३ लाख आम्दानी गरेको छ । यो आम्दानी गत वर्ष १ अर्ब ५ करोड थियो । साथै, संगठीत सदस्यलाई दिएको सेवाबाट हुने आम्दानी १४ करोड ७२ लाखबाट घटेर ९ करोड ९४ लाख रुपैयाँ कायम भएको छ ।
धितोपत्र कारोबारबाट हुने आम्दानी बढेसँगै नाफामा सुधार आएको हो । नेप्सेको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ भने सञ्चति मुनाफा २ अर्ब १७ करोड रुपैयाँ रहेको छ । यता, अन्य पुँजी तथा कोषमा भने ४ अर्ब ८९ करोड जम्मा छ । यसको प्रतिसेयर आम्दानी १००.३७ रुपैयाँबाट बढेर १८०.२६ रुपैयाँ पुगेको छ ।


