CLI

३१.१२ अंकले बढ्यो नेप्से, साढे ८ अर्ब भन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३१.१२ अंकले बढेको छ । बजार २६७२.५५ अंकम पुगर बन्द भएको छ ।  यस दिन ३३८ वटा कम्पनी ९५ हजार ४४५ पटक कारोबार हुँदा १ करोड ६६ लाख ११ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ८ अर्ब ४० कारोड २७ लाख रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा यो रकम २ अर्ब १९ करोड  ३३ लाख रुपैयाँले बढेको छ । बुधबार कारोबार रकम  ६ अर्ब २० करोड ९४ लाख थियो ।

यस दिन सबै उप समूह बढेका छन् । बैंकिङ ०.८५ प्रतिशत, विकास बैंक ३.०३,वित्त ५.७३, होटल्स तथा पर्यटन समूह २.०२, जलविद्युत०.७०, लगानी०.९३, जीवनबीमा १.२५, उत्पादन र प्रशोधन २.४२, लघुवित्त १.३१,म्युअुचल फण्ड ०.५१,निर्जीवन बीमा ०.६८, अन्य समूह ०.४५  र व्यापार समूह ०.५४ प्रतिशतले बढेका छन् ।

यस दिन ४ कम्पनी १० प्रतिशतले बढेको छ । सागर डिष्टिलरी, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इण्डष्ट्रीज र गोर्खाज फाइनान्सको सेयर १० प्रतिशतले बढेको हो । त्यस्तै,सेन्ट्रल फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्था करिब ९ प्रतिशत बढेको छ भने बन्दीपुर केबलकार एण्ड टुरिजमको ७.४७  प्रतिशत बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन मञ्जुश्री फाइनान्स पहिलो स्थानमा रहेको छ। यस फाइनान्सको ५३ करोड १६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एसवाई प्यानल नेपालको ३७ करोड ३९ लाख रुपैयाँ, श्रीनगर एग्रीटेकको कारोबार रकम २८ करोड ४५ लाख पुगेको छ ।

Leave Your Comment

Related News