काठमाडौं । निवर्तमान शिक्षा मन्त्री महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन् । मन्त्री पदबाट राजीनामा दिएर उनले स्वतन्त्र उम्मेदवारको रूपमा मंगलबार बिहान मनोनयन दर्ता गराएका हुन् ।
‘बिहान १०:०५ बजे निर्वाचन आयोग म्याग्दीमा हाजिर भइयो । १०:४५ बजे स्वतन्त्र उमेदवारको रूपमा मनोनयन पत्र बुझियो,’ मनोनयनपछि उनले लेखेका छन्,’उम्मेदवारको नाम दर्ता गर्ने कुरामा ७७ वटै जिल्लामा पहिलो भइयो की क्या हो ?’
उनले मंगलबार बिहान मात्रै मन्त्री पदबाट राजीनामा दिएका थिए ।



