काठमाडौं । पछिल्लो समय देशको निर्यात बढेको छ । भन्सार विभागका अनुसार चालु अर्थिक बर्ष २०८२\८३ को पुससम्म निर्यात ४३.७६ प्रतिशत र आयात १४.१८ प्रतिशतले वृद्धि भएको छ ।
विभागका अनुसार पुससम्म ९ खर्ब ३९ अर्ब २ करोड आयात गरेको छ जुन अघिल्लो आवको सोही अवधिको तुलनमा १४.१८ प्रतिशतले बढिहो । गत आवमा ८ खर्ब २२ करोड ३७ करोड रुपैयाँको आयात गरेको थियो ।
यता निर्यात भने ४३.७६ प्रतिशतले वृद्धि भएको छ । निर्यात १ खर्ब ४२ अर्ब १ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा निर्यात ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ मात्र थियो।
त्यसैगरी निर्यात बढे पनि व्यापार घाटामा रहेको छ । ६ महिनामा व्यापार घाटा ७ खर्ब ९७ अर्ब ४८ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा १७.३६ प्रतिशतले बढी हो। गत आवको यसै अवधिमा ७ खर्ब १३ अर्ब ५८ करोड बराबर व्यापार घाटा रहेको थियो ।
यस अवधिमा आयात–निर्यात अनुपात भने घटेको छ। अघिल्लो वर्ष ८.३२ रहेको आयात–निर्यात अनुपात चालु वर्षमा घटेर ६.६१ मा झरेको छ ।
कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १०.७२ प्रतिशतबाट बढेर १३.१४ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८९.२८ प्रतिशतबाट घटेर ८६.८६ प्रतिशतमा सीमित भएको छ।


