CLI

युएईबाट सुनचाँदी व्यवसायीले ल्याए करिब १९ अर्बको सुन

काठमाडौं । नेपालका सुनचाँदी व्यवसायीहरुले संयुक्त अरब इमिरेट्स (युएई) बाट अर्बौंको सुन आयात गरेका छन् । सुनचाँदी व्यवसायीहरुले चालु आर्थिक वर्षको छ महिना (साउन देखि पुस) १८ अर्ब ८३ करोड ३० लाख ९९ हजार रुपैयाँको सुन आयात गरेका छन् । व्यवासायीहरुले उक्त मुल्य बराबरको १० लाख ५२ हजार ८० ग्राम सुन संयुक्त अरब इमिरेट्स (युएई) बाट आयात गरेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार चालु आवको छ महिनामा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । विभागका अनुसार ५८ अर्ब २७ करोड ९२ लाख रुपैयाँको डिजेल, ५७ अर्ब ४३ करोड ६२ लाखको भटमास, ३३ अर्ब सात करोड २१ लाखको पेट्रोल र २७ अर्ब चार करोड २० लाखको खाना पकाउने ग्यास आयात भएको छ ।

२६ अर्ब ६५ करोडको फलामजन्य सामग्री, २३ अर्ब २९ करोडको मोबाइल र १८ अर्ब ८३ करोडको सुन आयात गरिएको छ । साथै, मोटरसाइकल, विद्युतीय गाडी, नट्स, भटमास लुब्रिकेन्ट, हवाई इन्धन र ल्यापटप र नोट बुकहरूको आयात उच्च रहेको छ । आयात गरिने मुख्य सामग्रीहरूमा पेट्रोलियम पदार्थ, सवारीसाधान, फलाम, कच्चा सूर्यमुखी, भटमासलगायतका कृषि सामग्री तथा भान्सामा दैनिक प्रयोग हुने सामान्य सामग्री समेतको उच्च रहेको छ ।

Leave Your Comment

Related News