CLI

सवा सात अर्बको अलैंची निर्यात

काठमाडौं । नेपालको प्रमुख निर्यातजन्य सामग्रीहरुमा सोयाबिन तेल, अलैंची  ,कार्पेट, सनफ्लावर तेल, र्यान, गलैंचा र फेल्ट रहेका छन् ।

भन्सार विभागका अनुसार चालू आवको दोस्रो त्रैमासमा ५६ अर्ब आठ करोडको सोयाबिन तेल, सात अर्ब १९ करोड ९५ लाखको अलैंची, चार अर्ब ७८ करोड ४४ लाखको सूर्यमूखी तेल निर्यात भएको छ ।

निर्यात बजारमा क्रुड सोयाबिन, पाम र सनफ्लावरको भूमिका महत्वपूर्ण रहन्छ । तेस्रो मुलुकबाट आयात हुने कच्चापदार्थ व्यवसायीले रिफाइन गरेर भारत निर्यात गर्छन् । सोयाबिनको कच्चा पदार्थ नेपालमा उपलब्ध हुँदैन ।

अलैंची भने नेपालको पहाडी भु–भागमा प्रशस्त उत्पादन हुन्छ । नेपालको अलैंची खाडी र युरोपेली मुलुकमा समेत निर्यात हुने गरेको नेपाल अलैँची व्यवसायी महासंघले जनाएको छ । विश्व बजारमा पछिल्लो समय अलैँचीको भाउ १ लाख माथि पुग्यो, तर उत्पादन धेरै हुँदा बिक्री गर्न सकिदैन भन्ने डरले छिटै ९० हजार प्रतिमन बिक्री गरेको हुने गरेको छ ।

आव २०८०/८१ मा २ अर्ब १५ करोड ६० लाख रुपैयाँ बराबरको १७ लाख ३७ हजार किलोग्राम, आव २०७९/८० मा १ अर्ब ९६ करोड २५ लाख रुपैयाँ बराबरको २४ लाख ४१ हजार किलोग्राम र आव २०७८/७९ मा १ अर्ब ६० करोड ६० लाख रुपैयाँ बराबरको १८ लाख ९६ हजार किलोग्राम अलैँची निर्यात भएको छ । नेपालबाट निर्यात हुने अलैँचीको सबै हिस्सा भारत रहेको छ ।

 

 

Leave Your Comment

Related News