CLI

करिब साढे ९ अंकले बढ्यो नेप्से,कारोबार रकम ९ अर्ब ७ करोड

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ९.२३ अंकले बढेको छ ।  बजार २७१४.६१ अंकमा पुगेरा बन्द भएको छ । यस दिन ३३२ वटा कम्पनीको सेयर  कारोबार भएको छ । जसमध्ये १६२ भाउ बढेको छ भने ८८ वटाको घटेको छ । बाँकीको बजारमा मूल्य स्थिर रहेको छ । त्यसतै, आज ९४ हजार १७४ पटक कारोबार हुँदा १ करोड ९० लाख ७५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ९ अर्ब ७ करोड ३९ लाख पुगेको छ । यो रकम बुधबारको तुलनामा बढी हो । बुधबारकारोबार रकम ८ अर्ब ९८ करोड ३६ लाख थियो ।

यस दिन १० वटा उप समूह बढेका छन् भने ३ वटा घटेका छन् । विकास बैंक १.५१ प्रतिशत, ,वित्त २.३८, होटल्स तथा पर्यटन समूह १.२६,  जलविद्युत ०.८६, लगानी ०.०९, जीवन बीमा ०.०२ उत्पादन र प्रशोधन १.३५, लघुवित्त ०.३६, निर्जीवन बीमा ०.२३, र  अन्य समूह ०.३६ प्रतिशतले प्रतिशतले बढेका छन् ।बैंकिङ ०.३१, म्युअुचल फण्ड ०.०७ र व्यापार समूह १.१५ घटेको छ ।

यस दिन ४ स्टकको कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । एसवाई प्यानल नेपाल, त्रिशुली जलविद्युत कम्पनी, श्रीनगर एग्रीटेक इण्डष्ट्री र कर्पोरेट डेभलपमेन्ट बैंक १० प्रतिशतले बढेको छ । त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंक ९.८७ प्रतिशत बढेको छ भने रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य ९ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४० करोड ८२ लाख रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै,  मञ्जुश्री फाइनान्स ३५ करोड ८४ रुपैयाँको सेयर कारोबार भएको छ भने एसवाई प्यानल नेपालको ३२ करोड ९५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ।

Leave Your Comment

Related News