काठमाडौं । आइतबार नेप्से परिसूचक ५७.५५ अंकले बढेको छ । बजार २७७२.१७ अंकमा पुगेर बन्द भएको छ । ३३१ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये २४० वटाको भाउ बढेको छ भने १९ वटाको घटेको छ । बाँकीको बजारमा मूल्य स्थिर रहेको छ । यस दिन १ लाख ३३ हजार ५२९ पटक कारोबार हुँदा ३ करोड ९ लाख १५ हजार कित्त सेयर खरिदबीक्री भएको छ । कारोबार रकम १३ अर्ब ७८ करोड ५७ लाख पुगेको छ । यो रकम बिहीबारको तुलनामा बढी हो । बिहीबार कारोबार रकम ९ अर्ब ७ करोड ३९ लाख रुपैयाँ थियो ।
यस दिन सबै उप समूह बढेका छन् । बैंकिङ १.७९ प्रतिशत, विकास बैंक १.६८, वित्त १.७३, होटल्स तथा पर्यटन समूह ३.३५, जलविद्युत २.७४, लगानी २.८४, जीवन बीमा २.०३, उत्पादन र प्रशोधन २.९७, लघुवित्त १.६०, म्युअुचल फण्ड ०.९७,निर्जीवन बीमा १.९७,अन्य समूह १.५७ र व्यापार समूह १.५२ प्रतिशतले बढेका छन् ।
यस दिन ९ कमप्नी १० प्रतिशतले बढेका छन् । एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केवबलकार, हिमस्टार उर्जा, माबिलुङ्ग इनर्जी, रिलायन्स फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी र त्रिशुली जलविद्युत कम्पनीको सेयर १० प्रतिशतले बढेका छन् । त्यस्तै, यस दिन क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल वेयरहाउजिङ्ग करिब १० प्रतिशत बढेको छ।
त्यसतै कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४३ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै, यस दिन ग्रीन भेन्चर्सको ३९ करोड ७७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम ३२ करोड रुपैयाँ नाघेको छ।


