CLI

१२ अर्ब ६ करोडको विद्युतीय सवारी आयात

काठमाडौं । एक महिनमा १ हजार २७३ वटा विद्युतीय सवारी  (ईभी कार, जीप, भ्यान) आयात भएको हो । आर्थिक वर्ष २०८२\८३ पुससम्म कुल ५ हजार ७१ वटा विद्युतीय सवारी आयात भएको छ । भन्सार विभाग अनुसार नेपालमा हाल ५० किलोवाट देखि ३०० सम्मको विद्युतीय सवारी साधान आयात हुने गरेको छ । चालु आवको मंसिर महिनामा ३ हजार ७९८ वटा आयात भएको थियो

विभागका अनुसार सबैभन्दा बढी ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको सवारी आयात भएको छ। हाल सम्म ३ हजार १७ वटा आयात भएको छ । त्यसतै, ५० किलोवाटको १ हजार ५८५ वटा,१०१ देखी २०० किलोवाटसम्मको ४६३ वटा आयत भएको हो ।

नेपालमा चीन, भारत, थाइल्यान्ड, बेलायत, जर्मनी, कोरिया र अमेरिकाबाट विद्युतीय सवारी आयात भएको विभागको तथ्यांकले देखाउँछ।

चालु आवमा ५ हजार ७१ वटा विद्युतीय सवारी आयात भएपनि गत आवको सोही अवधिको तुलनामा आयात कम भएको हो । गत आवमा ५ हजार ४८०  वटा विद्युतीय सवारी आयात भएको थियो । चालू आवको पुस मसान्तसम्म १२ अर्ब ६ करोड रुपैयाँ बराबरका विद्युतीय सवारी  आयात भएका छ । गत आवको सोही अवधिमा १३ अर्ब ९ करोड बराबरका विद्युतीय सवारी  आयात भएका थिए ।

आयात घटेसँगै सरकारको राजस्व संकलन पनि घटेको छ।  गत आवको पुस मसान्तसम्म विद्युतीय सवारी आयातबाट सरकारले ८ अर्ब १८ करोड रुपैयाँ राजश्व संकलन गरेको विभागको तथ्यांकले देखाउँछ । तर, चालू आवको पुस मसान्तसम्ममा भने इभी आयातबाट ७ अर्ब ४५ करोड राजश्व संकलन गरेको थियो । जुन, गत आवको तुलनामा ७१ करोडले घटेको छ ।

नेपालमा विद्युत्तीय सवारी सबैभन्दा बढी आयात चीनबाट हुने गर्छ । चीनबाट आयात हुने इभीहरु नेपालको उत्तरी नाका तातोपानी र रसुवागढी नाका प्राकृतिक प्रकोपजन्य कारणले अवरुद्ध भएको कारण आयात  घटेको देखिन्छ ।

Leave Your Comment

Related News