काठमाडौं । प्रख्यातएसियाली ब्रान्ड डेभिल्सले नेपालीक्रिकेट इतिहासकै महत्वपूर्ण क्षणलाई प्रोत्साहनगर्दैनयाँअभियान सार्वजनिक गरेको छ। “डेभिल्स खाउँ,मुम्बई जाउँ”नामक यस अभियानमार्फत क्रिकेटप्रेमीहरूलाई टी–२० विश्वकपमा नेपालको पहिलो सहभागिताको प्रत्यक्ष साक्षीबन्ने दुर्लभ अवसर प्रदान गरिएको छ।
यस अभियानअन्तर्गत, एक जना भाग्यशाली विजेताले मुम्बईको वानखेड़े स्टेडियममा फेब्रुअरी १५ बिहान ११ः१५ बजे हुने नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक खेलप्रत्यक्ष हेर्न सबै खर्च समेटिएको भर्मण जित्नेछन्। विश्वक्रिकेटका सबैभन्दा प्रतिष्ठित रंगशालामध्ये एक वानखेड़े स्टेडियममा बसेर नेपालको विश्वकपडेब्यु हेर्ने अवसर दिएर, डेभिल्सले समर्थकहरूलाई खेलको केन्द्रमाल्याउने लक्ष्य राखेको छ।
“डेभिल्स खाउँ,मुम्बई जाउँ”अभियानडेभिल्सकाआधिकारिक सामाजिक सञ्जालमार्फत सञ्चालनहुनेछ। सहभागीहुन इच्छुकले डेभिल्सको आधिकारिक पेजलाई फलो गर्नुपर्नेछ, अभियानपोस्टमा सोधिएको प्रश्नको सहीउत्तर कमेन्ट गर्नुपर्नेछ र तीनजना साथीहरूलाई ट्याग गर्नुपर्नेछ। पोस्ट सेयर गर्न भने प्रोत्साहन गरिएको छ।
पुरस्कार प्याकेजमा मुम्बई आवत–जावतकाहवाई टिकट, खेल प्रवेश टिकट, तीनतारे होटलमा चार दिनको बसाइ (ब्रेकफास्टसहित), एयरपोर्ट ट्रान्सफर, सिटी टुर, दर्शनीय स्थल भ्रमण, पर्यटन कर, तथावानखेड़े स्टेडियम आउजाउको सम्पूर्ण यातायातव्यवस्था समावेश गरिएको छ।
अभियानबारे टिप्पणी गर्दैएसियनथाई फुड का निर्देशक आशिषजाजुले भने, “टी–२० विश्वकपकालागिनेपालको छनोट राष्ट्रका लागिगर्व रऐतिहासिक क्षण हो। ‘डेभिल्स खाउँ,मुम्बई जाउँ’मार्फत हामी यस उपलब्धिलाई उत्सवका रूपमामनाउँदै समर्थकहरूलाई स्टेडियममै बसेर इतिहासको साक्षीबन्ने अवसर दिनचाहन्थ्यौं। क्रिकेटले लाखौंमानिसलाई जोड्छ, र यो अभियान विश्वमञ्चमा नेपाली टोलीलाई समर्थन गर्नेहाम्रो प्रयास हो।”
“डेभिल्स खाउँ,मुम्बई जाउँ”अभियानमार्फत डेभिल्सले नेपालीक्रिकेटको गर्विलो क्षणलाई समर्थकहरूसँग साझागर्दै, खेलकुदले जोड्ने भावना र उत्साहलाई अझबलियो बनाएको छ।


