CLI

प्रभु महालक्ष्मी लाइफको नगद लाभांश सेयरधनीको खातामा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत पुस २९ गते सम्पन्न नवौं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सेयरधनीहरूलाई वितरण गरेको छ । साधारणसभाले पुस २० गतेसम्म कायम सेयरधनीका लागि आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ४.४२१ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशमा लाग्ने कर सहित) वितरणको प्रस्ताव पारित गरेको थियो ।

सभाले पारित गरेको सोही ४ प्रतिशत नगद लाभांश सम्बन्धित सेयरधनीले डिम्याट खातामा उल्लेख गरेको बैंक खातामा पुस ३० गतेदेखि वितरण गरेको हो । बोनस सेयर भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता तथा सूचीकृत भएपछि मात्रै सेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ ।

Leave Your Comment

Related News