CLI

स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ११ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकेर सेयर बिक्रीमा राखेको हो ।

हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरि बिक्रीमा राखिएको छ । यसका लागि आगामी ३५ दिनभित्र आवश्यक सहित काभ्रेपलाञ्चोकको बनेपा–५ स्थित कम्पनीको केन्द्रीय कार्यालयको प्रशासन विभागमा लिखित निवेदन दिनु पर्नेछ । तोकिएको म्यादभित्र संस्थापकबाट निवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।

Leave Your Comment

Related News