काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य एकै दिन २० हजार ५०० रुपैयाँले बढेको छ । नेपाली सुनचाँदी ब्यवसाय महंसघका अनुसार सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ थियो ।
यता, चाँदी पनि २०५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको छ । बजारमा चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ ।बुधबार चाँदी प्रतितोला ७ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
सुनचाँदीको मूल्यमा ऐतिहासिक छलाङ, सुरक्षित लगानीको खोजीले भाउ आकाशिँदै


