काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका विरुद्ध हुने कुनै पनि समर्पण अस्विकार्य हुने बताएका छन्।
आगामी निर्वाचनमा घोषणा पत्र तयारीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा विज्ञहरुसँग सुझाव लिने क्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । उहाँले राष्ट्रियता,सार्वभौमिकता,राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समपर्णबाट हुन नसक्ने भन्दै त्यसको प्रतिरोध,प्रतिवाद र प्रतिरक्षा हुने बताए ।
अध्यक्ष ओलीले सरकारले हालसम्म पनि निर्वाचनको वातावरण बनाउन नसकेको उल्लेख गर्दै ‘पार्टीले हाल राज्यले गरेका गतिविधि नजिकबाट नियाली रहेको छ ’ अध्यक्ष ओलीलाई उधृत गर्दै प्रचार तथा प्रकाशन संयोजक मीनबहादुर शाहीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘सरकारले आजका दिनसम्म पनि निर्वाचन निष्पक्ष,स्वतन्त्र र धाँधली रहित ढंगले गर्ने वातावरण बनाउन सकेको छैन । ’
उनले २०७२ को भूकम्पपछि एमालेले पुननिर्माणको नेतृत्व गरेको स्मरण गराउँदै सुदृढ र तल्लो निकायसम्म संगठन भएकोले भदौको विध्वंसपछिको निर्माण पनि एमालेले गर्ने बताए । ‘नेकपा एमाले सुदृढ संगठन,व्यापक जनमत र सर्वाधिक लोकप्रिय पार्टीका रुपमा स्थापित रहेको छ । भूकम्पले पुर्याएको क्षतिको पुननिर्माण उदाहरणीय रुपमा सफल पारेको एमालले ’ शाहीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘गत भदौको विध्वसंले राष्ट्रियता,लोकतन्त्र र संविधानमा पुर्याएको क्षतिको पुननिर्माण ’क्षतिको पुननिर्माण,राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्च मनोबलका साथ प्रदान गर्नेछ । ’


