CLI

भारतीय बजारमा सुन चाँदीको मूल्यमा आयो उच्च गिरावट

काठमाडौं । भारतीय बजारमा आइतबार सुन चाँदीको मूल्यमा उच्च गिरावट आएको छ । केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले सन् २०२६ को लागि आइतबार बजेट ल्याएको कारण सून चाँदीको मूल्यमा उच्च गिरावट आएको भारतीय मिडियाहरुले सार्वजनिक गरेका छन् ।

आइतबार २४ क्यारेट सून प्रति १० ग्रामको मूल्य १ लाख ६२ हजार २४० भारतीय रुपैयाँ तोकिएको छ । जब कि शुक्रबार २४ क्यारेट सून प्रति १० ग्रामको मूल्य १ लाख ८० हजारमा कारोबार भएको थियो । त्यस्तै आइतबार चाँदी प्रति किलो २ लाख ७८ हजार भारतीय रुपैयाँ तोकिएको छ ।

दिल्लीमा भने २२ क्यारेट सुन प्रति ग्राम १४ हजार ७३५ भारु, १८ क्यारेटको सुन प्रति ग्राम १२ हजार ५९ भारु तोकिएको छ ।

भारत सरकारले सुनचाँदीको लागि करिब ६ प्रतिशत आयात शुल्क लगाउदै आएको छ भने बजेट मार्फत् ३ देखि ४ प्रतिशत आयकर तोक्ने तयारी रहेको छ ।
बजेटमार्फत् सुनचाँदीमा लाग्दै आएको कर फेरबदलका कारण मुल्य प्रभावित बनेको हो । विश्व आर्थिक चुनौती, भू राजनीतिक तनावका कारण पनि सुनचाँदीको मूल्यमा गिरावट आएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

Leave Your Comment

Related News