CLI
Global College

पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेलले प्रमाण सहित भने : उदयपुर सिमेण्ट उद्योगमा मेरो कार्यकालमा कुनै प्रकारको कैफियत छैन

काठमाडौं । पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेलले भने उदयपुर सिमेण्ट उद्योगमा मेरो कार्यकालमा कुनै प्रकारको कैफियत छैन
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेलले उदयपुर सिमेण्ट उद्योगको जिम्मेवारी लिदाँ कुनै कैफियत नभएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोागले आइतबार उनीविरुद्ध भ्रष्टचार मुद्धा दायर गरे सँगै अध्यक्ष एवम तत्कालीन महाप्रवन्धक पौडेलले आफनो कार्यकालमा उद्योगमा कुनै पनि किसिमको कैफियत नभएको बताएका हुन् ।

अध्यक्ष पौडेलले रुग्ण रहेको उदयपुर सिमेण्ट उद्योगलाई आर्थिक रुपमा सबल बनाएको बताए । अख्तियारले लगाएको आरोपको समयमा आफू उद्योगमा नरहेको भन्दै उक्त अरोप आफू माथि कसरी लागेको भन्दै ? प्रश्न समेत उनले गरेका छन् ।

‘ २०७५ पुस २२ गते राजीनामा दिएपछि सञ्चालक समितिको २०७५/१०/९ गते बसेको ९६४ औँ बैठकको निर्णयअनुसार बुझबुझारथ गरी म बाहिरिएको थिएँ। उद्योगको प्रतिवेदनले समेत मेरो कार्यकालमा कुनै कैफियत देखाएको छैन। स्टक चल सम्पत्ति हो। आजको स्टक भोलि परिवर्तन हुन सक्छ। २०७५/७६ को स्टक भनिएको छ। मैले बोर्डमार्फत बुझबुझारथ गर्दा कुनै कैफियत नदेखिएको अवस्थामा, मभन्दा ६

महिना पछाडिको नमिलेको हिसाब कसरी मेरो नाममा आउँछ?’ उनको प्रश्न छ ।
मैले उद्योगको जिम्मा लिँदा ८३ करोडको कारोबारलाई १८० करोडभन्दा माथि पु¥याएको हुँ। कसैले नतिरेको डेडिकेटेड फिडरको पैसा समेत मैले नै सबै तिरेको हुँ। बैंक मौज्दात र अन्य सामग्रीको पर्याप्त स्टक छोडेर नै बाहिरिएको हुँ। उद्योग पूर्ण क्षमतामा सञ्चालन गरेरै छोडेको अध्यक्ष पौडेलको भनाई छ ।

सञ्चालक समितिबाट स्वीकृत गराई उद्योग रुग्ण उद्योग नरहेको व्यहोरा मन्त्रालयमा जानकारी गराएर उद्योग छोडेको हुँ। अब के गर्दा राम्रो मान्छे बन्न सकिन्छ? कुन ठाउँको शिक्षा लिन जाऊँ? मेरो देश! , भन्दै अध्यक्ष पौडेले चिन्ता व्यत्तल गर्दै भने सायद उपयुक्त समयमा उपयुक्त प्रमाण दिन नसकिएको होला। कसैलाई केही भन्नु छैन। सबैको भलो होस् !!

अध्यक्ष पौडेले आफनो कार्यकालमा भएको वित्तीय विवरण समेत सामाजिक सञ्जलामा सार्वजननिक गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।
अख्तियारले आइतबार उद्योगका तत्कालीन महाप्रवन्धक सुरेन्द्र पौडेले सहित ८ जना विरुद्ध भ्रष्टचार मुद्धा, कम क्लिङ्कर भित्राई बढी भुक्तानी दिएको आरोपमा मुद्धा दायर गरेको थियो ।

अख्तियारले पौडेल सहित तत्कालीन निमित्त महाप्रवन्धक नवल किशोर साह, नायव महाप्रवन्धक महेश प्रसाद काफले, तत्कालीन महाशाखा प्रमुख संजय कुमार लाल, महेश प्रसाद साह, रवीचन्द्र पौडेल, हरि प्रसाद अधिकारी र राम बहादुर जी.सी विरुद्ध अख्तियारले भ्रष्टचार मुद्धा दायर गरेको हो । अख्तियारले उनीहरु विरुद्ध आइतबार विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

 

Leave Your Comment

Related News