CLI

नयाँ पुस्ताको ब्याट्री प्रविधिसहित प्रोटोन इमास ७: सुरक्षित र दिगो इलेक्ट्रिक एसयूभी

काठमाडौं । प्रोटोन नेपालअन्तर्गतको फुल साइज इलेक्ट्रिक एसयूभी इमास ७ ले नेपाली बजारमा उल्लेखनीय लोकप्रियता हासिल गरिसकेको छ । मलेसियाको नम्बर वान इलेक्ट्रिक सवारी साधनको रूपमा परिचित इमास ७, प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. मार्फत नेपालमा उपलब्ध छ ।

इमस ७ को प्रमुख विशेषता भनेकोयसमा जडान गरिएको एइजिस सर्ट ब्लेड ब्याट्री (AEGIS Short Blade Battery) हो, जुन हाल उपलब्ध अत्याधुनिक ब्लेड टाइप लिथियम आयरन फस्फेट ब्याट्री प्रविधिमध्ये एक हो । यसले नयाँ पुस्ताको ब्याट्रीले उच्च ऊर्जा घनत्व प्रदान गर्दै लामो ड्राइभिङ रेन्ज सुनिश्चित गर्दछ भने यसको लामो साइकिल लाइफले दीर्घकालीन टिकाउपन र प्रदर्शनमा स्थिरता प्रदान गर्दछ ।

एइजिस सर्ट ब्लेड ब्याट्रीले उच्च चार्जिङ दक्षता पनि प्रदान गर्दछ । यसले ब्याट्रीलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म मात्र २० मिनेटमै चार्ज गर्न सक्ने क्षमता राख्दछ, जसले चार्जिङ समय उल्लेखनीय रूपमा घटाउँछ । सुरक्षालाई प्राथमिकतामा राखेर डिजाइन गरिएको यस ब्याट्रीमा आगो प्रतिरोधी संरचना रहेको छ, जसले चालक तथा यात्रु दुवैका लागि थप सुरक्षित बनाउछ ।

यसका साथै, ब्याट्रीको लेआउटका कारण प्रदर्शनमा सम्झौता नगरी इन्टेरियर क्याबिन स्पेस अधिकतम बनाइएको छ । छिटो चार्जिङ क्षमतासँगै न्यू युरोपियन ड्राइभिङ साइकल (एनइडिसी) प्रमाणित ४९२ तथा ५८५ किलोमिटरसम्मको प्रभावशाली ड्राइभिङ रेन्ज प्रदान गर्ने इमस ७ दैनिक शहरी यात्रादेखि लामो दूरीका यात्रासम्मका लागि उपयुक्त रहेको छ ।

इमास ७ को सुरुवातसँगै, प्रोटोन नेपालले नेपाली बजारको आवश्यकता अनुसार आधुनिक, सुरक्षित तथा दिगो इलेक्ट्रिक मोबिलिटी समाधान प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।

Leave Your Comment

Related News