काठमाडौं । यस वर्षको “MAN–Citizens Aspiring Manager Award” गौरव उप्रेती लाई प्रदान गरिएको छ । पुरस्कार नेपाल व्यवस्थापन संघ (MAN) को राष्ट्रिय व्यवस्थापन सम्मेलनमा माघ २४ , शनिबार घोषणा गरिएको हो ।
उक्त पुरस्कार सम्माननीय प्रधान न्यायाधीश प्रकाश मान सिंह राउतबाट प्रदान गरियो । यस पुरस्कारको चयन प्रक्रियामा सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल व्यवस्थापन संघ (MAN) का पदाधिकारीहरु को एक समितिले गरेको हो ।
पुरस्कृत “MAN–Citizens Aspiring Manager Award” ले नेपालको म्यानेजमेन्ट शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनेछ र यसले भविष्यका म्यानेजमेन्ट पेशेवरहरूलाई प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल व्यवस्थापन संघ(MAN) बीच गत वर्ष एम.बि.ए. तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले “MAN–Citizens Aspiring Manager Award” स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो । यस सम्झौता अनुसार, प्रत्येक वर्ष पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत एम.बि.ए.मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई ५१,००० रुपैयाँको पुरस्कार प्रदान गरिनेछ ।
“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ७६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


