काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘बि’ को खेलमा इङल्यान्डले नेपालाई जितका लागि १८५ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इङल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनायो ।
इंग्ल्यान्डका लागि जेकब बेथेलले सर्वाधिक ५५ रन बनाए । कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाए । विल ज्याक्सले १८ बलमा अविजित ३९ रन बनाए । उनले १ चौका र ४ छक्कासहित फिनिसिङ गरे ।
बलिङमा नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २-२ विकेट लिए । डेब्युटान्ट शेर मल्ल र सन्दीप लामिछानेले समान १ विकेट लिए ।


