CLI

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौं । बुधबार नेपालमा सुनको मूल्य बढेको छ । यस दिन सुन १ हजार १ सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी ब्यवसायी महासंगका अनुसार सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ  । मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ५ सय रुपैयाँ थियो ।

चाँदी पनि ५० रुपैयाँले बढेको छ । बजारमा चाँदि प्रतितोला ५ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँ थियो

Leave Your Comment

Related News