CLI

ग्लोबल डायरीमार्फत् डिजिटल सेवाहरु एकै ठाउँमा पाइने

काठमाडौं । ग्लोबल डायरीमार्फत् डिजिटल सेवाहरु एकै ठाउँमा पाइने भएको छ ।

नेपालमा डिजिटल सेवाहरू छुट्टाछुट्टै र विखण्डित रूपमा उपलब्ध भइरहेका सन्दर्भमा ग्लोबल डायरीले त्यसलाई एकीकृत गरी सेवा दिने काम गरेको छ । अबदेखि सामाजिक सञ्जाल, व्यवसाय सूची, समाचार, रोजगारी र कार्यक्रमसम्बन्धी सेवाहरूलाई एउटै प्लेटफर्ममा एकीकृत गरी ग्लोबल डायरी मार्फत् नागरिकले पाउन सक्ने छन् ।

प्रमुख कार्यकारी अधिकृत (सीइओ) भगवान दास अग्रहरि बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको क्रममा ग्लोबल डायरी केवल सामाजिक सञ्जाल मात्र होइन, यो नेपालकै लागि निर्माण गरिएको एक पूर्ण डिजिटल इकोसिस्टम हो, जसले व्यक्ति, समुदाय र व्यवसायलाई एउटै सुरक्षित तथा भेरिफाइड प्लेटफर्ममा जोड्न सक्ने बताए । ग्लोबल डायरी नेपालको पहिलो एआई–सञ्चालित एकीकृत डिजिटल इकोसिस्टम, स्थानीय अर्थतन्त्र र कनेक्टिभिटी रूपान्तरणतर्फ अग्रसर रहेको सीइओ अग्रहरिले बताए ।

उनले नेपालमै विकास गरिएको यस सामाजिक प्लेटफर्मले डिजिटल रूपान्तरण, व्यावसायिक सशक्तीकरण र समावेशी प्राविधिक विकासलाई एकैसाथ अघि बढाउने महत्वाकाङ्क्षासहित औपचारिक यात्रा सुरु गरेको जानकारी गराए । व्यवसाय, व्यक्तित्व र सरकारी निकायलाई सशक्त बनाउने उद्देश्यले तयार पारिएको यस प्लेटफर्ममा सम्पर्क, व्यापार र अवसरहरूलाई एउटै प्लेटफर्ममा समेटिएको छ, उनले भने ।

नेपाली आइटी विज्ञ युवाले आफ्नै लगानी र ज्ञानको उपयोग गर्दै सिर्जना गरेको यस प्लेटफर्ममा एआई सञ्चालित बुद्धिमत्तासँग, ग्लोबल डायरी विश्वसनीय जडान, सस्तो डिजिटल उपस्थिति र दिगो वृद्धि सुनिश्चित गरिएको सीइओ अग्रहरिको भनाई छ ।

नेपालको टुक्रिएको डिजिटल संरचनालाई सम्बोधन गर्दै एउटै एआई–सञ्चालित बहुपक्षीय प्लेटफर्ममार्फत सबै पक्षलाई सशक्त बनाउने लक्ष्यसहित ग्लोबल डायरीको निर्माण गरिएको उनको भनाइ छ ।

नेपालको टुक्रिएको डिजिटल प्रणालीलाई समाधान गर्नु र व्यक्तिहरू, व्यवसायहरू तथा सरकारी निकायलाई एउटै कृत्रिम बुद्धिमत्ता (एआई) चालित डिजिटल मञ्चमार्फत सशक्त बनाउनु ग्लोबल डायरी निर्माणको मुख्य उद्देश्य रहेको संस्थाका अध्यक्ष शेखर अर्यालले जानकारी दिए ।

उनका अनुसार विभिन्न डिजिटल उपकरणमा छरिएका जानकारीको सट्टा, ग्लोबल डायरीमा प्रयोगकर्ताले आफ्नो परिचय, व्यवसाय पृष्ठ र व्यावसायिक विवरण सहजै व्यवस्थापन गर्न सक्छन् । ग्लोबल डायरीलाई सस्तो र विस्तारयोग्य (स्केलेबल) बनाइएको छ, जसले साना व्यवसाय र व्यक्तिहरूलाई पनि आधुनिक डिजिटल उपकरणहरू प्रयोग गर्ने अवसर प्रदान गर्नेछ ।

व्यक्तिहरूले आफ्नो सीप, उपलब्धिहरूको सङ्कलन (पोर्टफोलियो), उपलब्धि तथा सेवाहरू प्रस्तुत गर्न सक्छन्, जसले नेटवर्क विस्तार, रोजगारी, र स्वतन्त्र पेसागत (फ्रिलान्स) अवसरहरू बढाउने हुँदा यसले प्रयोगकर्ताको सशक्तीकरण गर्ने बताइएको छ ।

साना व्यवसाय, नवउद्यम (स्टार्टअप) तथा ठूला कम्पनीहरूले विपणन उपकरण, विश्लेषणात्मक सुविधा, ग्राहक संलग्नता प्रणाली, र भर्ती (हायरिङ) मञ्चमार्फत प्रभावकारी रूपमा विस्तार गर्नसक्ने अध्यक्ष अर्याल बताउँछन्। साथै, देशमै विकास गरिएको डिजिटल मञ्चका रूपमा, यसले नेपालमा आधारित आवश्यकता, मापदण्ड र राष्ट्रियस्तरको डेटा सुरक्षालाई प्राथमिकता दिने उनले जानकारी दिए ।

मुख्य विशेषताहरूः

प्रयोगकर्ता संख्या र संलग्नताः हाल ग्लोबल डायरीमा करिब ३ लाख ५० हजार प्रयोगकर्ता आबद्ध छन्, जहाँ भेरिफाइड प्रोफाइल र सक्रिय सहभागितासहितको सुरक्षित डिजिटल वातावरण उपलब्ध छ।

प्रयोगकर्ताका लागिः प्रयोगकर्ताले डिजिटल पहिचान निर्माण गर्न, भेरिफाइड सेवाहरू खोज्र, रोजगारी तथा फ्रीलान्स अवसर पाउन, सीप प्रवद्र्धन गर्न तथा स्थानीय कार्यक्रमहरूसँग जोडिन सक्ने सुविधा एउटै प्लेटफर्ममा प्राप्त गर्छन्।
व्यवसायका लागिः साना तथा मझौला व्यवसाय (क्ःभ्क) ले निःशुल्क डिजिटल उपस्थिति, किफायती प्रचार–प्रसार, प्रत्यक्ष ग्राहक पहुँच, कर्मचारी भर्ना सहयोग, ब्रान्ड निर्माण र मार्केटप्लेसमार्फत बिक्री गर्ने सुविधा पाउँछन्। यसले व्यवसायका लागि धेरै प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झट अन्त्य गर्छ !
एआई र प्रविधिः  प्रविधिमार्फत प्रयोगकर्तालाई आवश्यक सेवा, रोजगारी र वास्तविक स्थानीय व्यवसाय सजिलै खोज्न मद्दत गर्दछ। स्पाम तथा नक्कली गतिविधि न्यूनिकरण गर्नुका साथै प्रयोगकर्ताको डाटा गोपनीयतालाई उच्च प्राथमिकता दिइएको छ, र प्रयोगकर्ताको डाटा कहिल्यै बिक्री गरिँदैन ।

नेपालका लागि लाभः डिजिटल समावेशीकरण, स्थानीय व्यापार प्रवद्र्धन, रोजगारी तथ्याङ्क व्यवस्थापन, पर्यटन प्रवद्र्धन तथा भेरिफाइड डाटामार्फत नीतिनिर्माणमा सहयोग पुरÞ्याउने महत्त्वपूर्ण डिजिटल पूर्वाधारको रूपमा ग्लोबल डायरी विकसित हुँदैछ।

ग्लोबल डायरी किन फरक छ?

अन्य सामाजिक सञ्जालहरू मुख्यतया मनोरञ्जन र सामाजिक अन्तरक्रियामा केन्द्रित हुँदा, ग्लोबल डायरीले अवसर, व्यापार, स्थानीय सेवा र भेरिफाइड कन्टेन्टलाई प्राथमिकता दिन्छ। यसले प्रयोगकर्ताको डिजिटल समयलाई उत्पादनशील कार्यमा रूपान्तरण गर्छ।
यसको लक्षित समूह : युवा, विद्यार्थी, रोजगारी खोज्नेहरू, फ्रीलान्सर, उद्यमी, साना तथा मझौला व्यवसाय, पेशेवरहरू, संघ–संस्था तथा स्थानीय सेवा प्रदायकहरू रहेका छन् ।

भविष्यका योजनाः भुक्तानी प्रणाली एकीकरण, सशक्त मोबाइल एप विकास, सरकारी सहकार्य, एसएमई अनबोर्डिङ, ग्रामीण डिजिटल विस्तार तथा रोजगारी र सीप विकास सेवाको थप सुदृढीकरण।
“ग्लोबल डायरी अर्को एउटा सामाजिक सञ्जाल मात्र होइन । नेपालमै निर्माण गरिएको यस प्लेटफर्मले प्रयोगकर्तालाई सर्जक, उद्यमी र अवसरका धारक बन्न सशक्त बनाउँछ। हामी सबै सञ्चारमाध्यम, व्यवसाय र नागरिकलाई यो साझा डिजिटल यात्रामा सहभागी हुन आमन्त्रण गर्दछौं,“ ग्लोबल डायरी टिम ।

Leave Your Comment

Related News