काठमाडौं । बिहीबार नेप्से परिसूचक ८.९७ अंकले बढेको छ । यस दिन बजार २६७१.०७ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३३७ वटा कम्पनीको सेयर कारोबार भएको छ । १ करोड ६ हजार १८ पटक कारोबार हूँदा २ करोड ७७ लाख ८० हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ११ अर्ब १० करोड २५ लाख रुपैयाँ पुगेको छ । बुधबार को तुलनमा कारोबार रकम २ अर्ब ७१ करोड ३ लाख रुपैयाँले बढेको छ । बुधबार कारोबार रकम ८ अर्ब ३९ करोड २२ लाख रुपैयाँ थियो ।
सेन्सेटिभ इण्डेक्स ८.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक बढेको छ।
यस दिन ८ वटा उप समूह बढेका छन् भने ५ वटा घटेका छन् ।बैंकिङ ०.३४ प्रतिशत, विकास बैंक १.१८, वित्त ०.३५, , जलविद्युत ०.९७, लगानी ०.६२, जीवन बीमा ०.४९, उत्पादन र प्रशोधन ०.६०, र म्युअुचल फण्ड ०.२१ प्रतिशतले बढेका छन्। होटल्स तथा पर्यटन समूह १.६५, लघुवित्त ०.०१, निर्जीवन बीमा ०.१४ , अन्य समूह ०.२६ र व्यापार समूह ०.०९ प्रतिशतले घटेका छन्।
यस दिन मध्य भोटेकोशी जलविद्युत कम्पनी १० प्रतिशतले बढेको छ ।त्यस्तै,रसुवागढी हाइड्रोपावरको सेयरमूल्य ९.८८ प्रतिशत बढेको छ भने खानी खोला हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशत बढेको छ। कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७० करोड ५३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। त्यस्तै, एसवाई प्यानल नेपालको करिब साढे ४३ करोड ४२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ भने रिडी पावरको ४१ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ।


