काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।सोमबार सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी भने २५ रुपैयाँले बढेको छ । बजारमा चाँदि प्रतितोला ४ हजार ८८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।


