RE
Global College

एक फर्मलाई जरिवाना अर्कोलाई ताकेता

काठमाडौं । बजार अनुमगनलाई तीव्र पार्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले एक फर्मलाई नगद जरिवाना गरेको छ। स्थललगत अनुमगनका क्रममा कैफिय देखिएपछि काठमाडौं महानगरपालिका ११ ट्रमा सेन्टरको सुनिल क्यान्टिनलाई पाँच हजार रुपैयाँ जरिवाना गरेको छ।

यस्तै, विभागले हेल्दी बाइट्म सर्भिसेज प्रालि चाबहिललाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र उपस्थित हुन भनेको छ। विभागले थप ११ फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ।

स्थानीय सरोकारवाला, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाहरुको उपस्थितीमा विभागले नियमित रुपमा बजार अनुमगन गरेर कानुन कार्यान्वयन गराउँदै आएको छ।

NECO

Leave Your Comment

Related News