CLI

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध अरनिको राजमार्ग सञ्चालन

बनेपा  । टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध भएको अरनिको राजमार्गकाे बनेपा खण्ड सञ्चालनमा आएको छ । बनेपाको चांदनी चोकमा भएको दुर्घटनामा स्कुटर चालक धुलिखेल नगरपालिका-५ का ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको थियाे ।

आज बिहान बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटना सँगै आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेर बनेपा क्षेत्रमा प्रदर्शन गरेका थिए ।घटनापछि तनावग्रस्त बनेको बनेपा क्षेत्र अहिले सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएका छन् ।

Leave Your Comment

Related News