CLI

लघु बिमा कम्पनीहरुको नाफामा ११२ प्रतिशतको वृद्धि, बिमा शुल्क संकलन पनि बढ्यो

काठमाडौं । सञ्चालनमा रहेका लघुबिमा कम्पनीहरुले ५ करोड ४२ लाख रुपैयाँ नाफा कमाएका छन् । दुवै लघु निर्जीवन र लघु जीवन बिमा कम्पनीहरुले ६ महिनामा उक्त रकम बराबरको नाफा आर्जन गरेका हुन् । यो गत वर्षको सोही अवधिको तुलनामा ११२.५६ प्रतिशत धेरै हो । गत वर्ष यी संस्थाहरुले २ करोड ५५ लाख रुपैयाँ नाफा कमाएका थिए ।

जसमध्ये, लघु जीवन बिमाहरुले ३ करोड २३ लाख नाफा आर्जन गर्न सफल भएका छन् । यो गत वर्षको भन्दा ५०.६३ प्रतिशत धेरै हो । लघु निर्जीवनले भने २ करोड १९ लाख कमाएका छन् । लगानी तथा कर्जाबाट हुने आम्दानी बढेसँगै नाफामा सुधार आएको हो ।

यता, लघु बिमाहरुले ६ महिनामा ७९ करोड २८ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । गत वर्षको सोही अवधिमा कम्पनीहरुले ३८ करोड ४० लाख बिमा शुल्क संकलन गरेका थिए ।

चुक्ता पुँजी र रिटेन अर्निङ

जीवन तर्फ दुवै क्रेस्ट र गार्डियम माइक्रो लाइफको चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेको छ । यता, निर्जीवन तर्फ नेपाल माइक्रो ७५ करोड रुपैयाँ पुँजी छ । बाँकीको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ छ ।

रिटेन्ड अर्निङमा सबैभन्दा क्रेस्टको ४ करोड ५३ लाख रुपैयाँ छ । गार्डियनको २ करोड ७६ लाख रुपैयाँ रहेको छ । नेपाल माइक्रोको २२ लाख ६१ हजार रुपैयाँ रिटेन्ड अर्निङ छ ।

बिमा शुल्क संकलन

लघु बिमा कम्पनीहरुले ६ महिनामा ७९ करोड २८ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । गत वर्ष यिनीहरुले ३८ करोड ४० लाख बिमा शुल्क संकलन गरेका थिए । लघु जीवन बिमा तर्फ सबैभन्दा धेरै गार्डियनले २३ करोड ५३ लाख उक्त शुल्क संकलन गरेको छ । क्रेस्टले २० करोड ७२ लाख बिमा शुल्क संकलन गरेको छ ।

यता, प्रोटेक्टिभ माइक्रोले ४ करोड ९ लाख बिमा शुल्क संकलन गरेको छ ।
नाफा

जीवन तर्फ सबैभन्दा धेरै नाफा कमाउनेमा गार्डियन माइक्रो रहेको छ । यसले ६ महिनामा १ करोड ३२ लाख नाफा कमाएको छ । यता, निर्जीवन तर्फ नेपाल माइक्रोले १ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

Leave Your Comment

Related News