CLI

चुनावमा तीन दिन बिदा दिन सरकारलाई निर्वाचन आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अवसरमा तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ। आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार आयोगले फागुन २०, २१ र २२ गते बिदा दिन आइतबार सरकारलाई पत्राचार गरेको हो। यसबारे अन्तिम निर्णय मन्त्रिपरिषद् बैठकले गर्नेछ।

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत फागुन २१ गते मतदान हुँदैछ। आयोगको सिफारिसअनुसार निर्णय भए निर्वाचन अवधिमा झण्डै एक साता बिदा पर्नेछ। यस वर्ष फागुन १८ गते पहाड र १९ गते तराई क्षेत्रमा होली परेको छ भने २३ गते शनिबार र २४ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ।

Leave Your Comment

Related News