CLI

क्लब लगायत रात्रिकालीन व्यवसाय फागुन १८ गतेदेखि बन्द हुने

काठमाडौं । काठमाडौंमा सञ्चालन हुने रहेका रात्रिकालीन व्यवसाय फागुन १८ गतेदेखि बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले  बिहीबार एक सूचना जारी गर्दै ९ बजेपछि कुनै व्यवसाय नगर्न नगराउन निर्देशन दिएको छ ।

निर्वाचनको सुरक्षा व्यवस्थालाई लक्षित गर्दै प्रशासनले यस्तो निर्देशन दिएको हो । फागुन १८ गतेदेखि अर्काे सूचना जारी नभएसम्मका लागि रात्रिकालीन कुनै पनि व्यवसाय नगर्न निर्देशन सहितको सूचना प्रशासनले सार्वजनिक गरेको छ । प्रशासनको यो निर्देशनसँगै राति सञ्चालन हुने क्लब, डिक्सो, डान्स बार, दोहोरी साँझ, रेस्टुरेन्ट लगायतका व्यवसाय ९ बजेपछि खोल्न पाइँदैन ।

‘आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सुरक्षालाई मध्यनजर गरी काठमाडौं जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रिकालीन व्यवसायहरू मिति २०८२/११/१८ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि राती ९:०० बजेसम्म मात्र सञ्चालन गर्ने र तत् पश्चात सम्पूर्ण व्यवसायहरु बन्द गर्न/गराउनुहुन सम्बन्धित सरोकारवालाहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ प्रशासनले जारी गरेकाे सूचनामा भनिएकाे छ ।

Leave Your Comment

Related News