अन्तिम समयमा आएर सामान्य अंकले बढ्यो नेप्से , ५ अर्बको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकल बढेको छ । अन्तिम समयमा आएर बढेको बजारमा नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको कम्पनीहरु मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.१३ अंकले बढेर ३७२.८५ विन्दुमा पुगेर बन्द भएको हो ।

बुधबार ३१४ वटा कम्पनीको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने ५ अर्ब ८ करोड ३५ लाख रुपैयाँ रहन पुग्यो ।
बुधबार १०१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३६ वटा कम्पनीको सेयर मुल्य घटेको थियो भने बाँकी १० वटा कम्पनीको सेयर मुल्य स्थिर रह्यो । बुधबार ५ वटा समूह परिसूचकको सेयर मुल्य बढ्दा बाँकी ८ वटा समूह परिसूचकको सेयर मूल्य घटेको छ । बैकिङ ७.०८, विकास बैंक १११.९८, वित्त १४८.८५, लगानी ०.१४ र व्यापार १७८.८३ अंकले बढ्दा होटल र पर्यटन १०.५४, जलविद्युत १७.९२, जीवन बीमा २५.६१, उत्पादन र प्रशोधन ७०.२०, वित्त ६.५०, म्युअुचल फन्ड ०.०१, निर्जीवन बीमा २५.३० र अन्य समूह १०.९४ अंकले घटेको छ ।

बुधबार सबैभन्दा बढी कारोबार हुनेमा मन्जुश्री फाइनान्स, आइसीएफसी फाइनान्स, रिलायन्स फाइनान्स, सेन्ट्रल फाइनान्स र जानकी फाइनान्स रह्यो । मन्जुश्री फाइनान्सको २२ करोड ९३ लाख रुपैयाँ, आइसीएफसी फाइनान्सको १७ करोड ४८ लाख रुपैयाँ, रिलायन्स फाइनान्सको १६ करोड २६ लाख रुपैयाँ, सेन्ट्रल फाइनान्सको १३ करोड ४ लाख रुपैयाँ र जानकी फाइनान्सको ११ करोड ६२ लाख रुपैयाँ कारोबार रकम रह्यो ।

बुधबार सेन्ट्रल फाइनान्स,आइसीएफसी फाइनान्स, गुह्यश्ेवरी मर्चेन्ट बैंक र फाइनान्स र मन्जुश्री फाइनान्सको सेयरमा सकारात्मक सर्किट लागेको छ । सेन्ट्रल फाइनान्सको ५२६ रुपैयाँ ९० पैसा,आइसीएफसी फाइनान्सको ६२२ रुपैयाँ ६० पैसा, गुह्यश्ेवरी मर्चेन्ट बैंकको र फाइनान्स ४८१ रुपैयाँ ६० पैसा , मन्जुश्री फाइनान्सको ५९४ रुपैयाँ र सप्तकोशी विकास बैंकको ३९९ रुपैयाँ ८० पैसामा कारोबार भयो । सबैभन्दा बढी गुमाउनेमा चिरखोवा हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, प्रभु सेलेक्ट फण्ड, बोर्टलर्स नेपाल (बालाजु) र हिमालयन पावरका लगानी कर्ता रहे । चिरखोवा हाइड्रोपावरको ५८६ रुपैयाँ १० पैसा, हिमालयन उर्जा विकास कम्पनीको २६९ रुपैयाँ, प्रभु सेलेक्ट फण्ड ९ रुपैयाँ १० पैसा, बोर्टलर्स नेपाल (बालाजु) १५,८४७ रुपैयाँ र हिमालयन पावरको २९० रुपैयाँमा कारोबार भएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार