CLI

कांग्रेस नेतृत्वमा सरकार बनेपछि शेरबहादुर देउवाको सम्पत्ति छानबिन हुन्छ: सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस नेतृत्वमा सरकार बनेपछि सबैभन्दा पहिले शेरबहादुर देउवाको सम्पत्ति छानबिन गर्ने बताएका छन्।

कांग्रेस कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। देउवा नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पाँच पटक प्रधानमन्त्री भइसकेका छन्। २०४६ सालपछि उच्च ओहोदामा पुगेका सबैको एकएक छानबिन गर्ने बताउँदै उनले भने, ‘सबैभन्दा पहिला पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्ति छानबिन गरिनेछ। मन्त्री भएको गगन थापाको सम्पत्ति छानबिन हुन्छ।’

सभापति थापाले देशले भ्रष्टाचारबाट मुक्ति चाहेको बताए। त्यसबाट मुक्ति दिलाउने संकल्प कांग्रेसले गरेको उनको भनाइ थियो। बदलिएर आएको नयाँ कांग्रेस हो यो,’ उनले भने, ‘कांग्रेस भ्रष्टाचारबाट देशलाई मुक्ति दिलाउने संकल्प गरेर आएको छ।’

सभापति थापाले चुनावले दुई अतिवादलाई प्रश्रय दिन सक्ने आशंका व्यक्त गर्दै यो देशका लागि खतरनाक हुने उनको भनाइ थियो। भदौ २३ गतेअघि सबै ठिकठाक थियो भन्ने र भदौ २४ गते देश जलाउने र जेलबाट भाग्ने दुवै अतिवाद भएको उनको भनाइ थियो।

Leave Your Comment

Related News