CLI

सार्वजनिक विदाका दिन पनि बैंकिङ सेवा निरन्तर राख्न निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ।

बैंकले सूचना जारी गर्दै निर्वाचन र सार्वजनिक विदाका दिनहरूमा बैंकिङ सेवा प्रभावित नहोस भनेर बैंक तथा वित्तीय संस्थाहरूले भुक्तानी, राजस्व दाखिला र राजनीतिक दल तथा उम्मेदवारहरूको नगद, चेक र अन्य वित्तीय साधनहरूको लेनदेनमा सेवा जारी राख्न आवश्यक व्यवस्था मिलाउन भनेको छ ।

नेपाल राष्ट्र बैंकले जनतालाई बैंकिङ सेवामा असुविधा नपरोस् भन्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरूमाथि यस निर्देशिका पालन गर्न आग्रह गरेको छ।

Leave Your Comment

Related News