पर्यटन दशक २०२३-२०३२को अवधारणा परिमार्जन गरेर अगाडी बढ्न व्यवसायीको सुझाव

काठमाडौं  पर्यटन दशक (२०२३–२०३२) को अवधारणाका विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले सरोकारवालाहरु संग अन्तरक्रिया मार्फत सुझाव लिएको छ ।  अन्तरक्रियामा सरोकारवालाले पर्यटन दशकको अवधारणा राम्रो भएपनि बददिंदो समय अनुरुप यसलाई परिमार्जन गरेर लैजाँदा उर्ययुक्त हुने सुझाव दिएका छन्  ।

छलफलमा पर्यटनलाई चलायमान बनाउन यस्ता कार्यक्रम आवश्यक भएपनि नीतिगत सुधार तथा पूर्वाधारको विकासलाई राज्यले पहिलो प्राथमिकतामा राख्नु पर्ने सुझाव दिएका थिए । कोभिडले थलिएको पर्यटनलाई पुनः लयमा फर्काउन क्रमिक मन्त्रालयले २ कार्यदल गठन गरेर कार्ययोजना निर्माण गरेको थियो । कार्यदलले रणनीतिक कार्ययोजनाको रूपरेखा तयार गरि २०७९ पुषमा  प्रतिवेदन बुझाएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष डा.गणेशप्रसाद पाण्डेले तयार भएको अवधारणालाई कसरी अगाडी बढाउँदा प्रभावकारी हुन्छ भन्ने सरोकारवालाहरुको सझाव लिन अन्तरक्रिया आयोजना गरिएको बताएका थिए ।

उनले सरकार निजी क्षेत्रको सहकार्यले मात्रै पर्यटन चलायमान बनाउन सकिन्छ भनेका थिए । नेपाल पर्यटन बोर्डका कार्यकारी समितीका उपाध्यक्ष रामप्रसाद सापकोटाले पर्यटनलाई चलायमान बनाउन केही गर्नु पर्ने अवस्थामा मन्त्रालयमा रहेको अवधारणमा माथी निजी क्षेत्रको रायले मार्ग प्रशस्त गर्ने बताए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी समितीका सदस्य ऋषि भण्डारी, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य दीपक महत, पम्फा धमला, घनेन्द्र श्रेष्ठ, होटल संघ नेपालका अध्यक्ष विनायक शाह, नाटाका अध्यक्ष कुमारमणी थपलिया, एनएमएका वरिष्ठ उपाध्यक्ष ठाकुर पाण्डे, नाराका अध्यक्ष शिव अधिकारी, स्कलका अध्यक्ष महेन्द्रराज पाण्डे, रेवानका अध्यक्ष संर्घष विष्ट, पर्यटन व्यवसायी नरेन्द्र भट्ट, पर्यटनविज्ञ शिव प्रसाद जैशीले वदलिंदो परिवेश अनुसार पर्यटन दशकको कार्यक्रमलाई परिमार्जन गरेर लैजान आग्रह गरेका थिए ।

कार्ययोजनाको खाका प्रस्तुत गर्दै नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेनले  देशैभरी बहुपक्षीय पूर्वाधारको विकास गर्ने, पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै सन २०२४ सम्ममा पर्यटन आगमनलाई २०१९ को पूर्ववत अवस्थामा पु¥याउने, तत्पश्चात पर्यटन आगमन प्रतिवर्ष १५ प्रतिशतको बृद्धि गरी सन २०३२ सम्ममा संख्या ३५ लाख पु¥याउने , र आगामी १० वर्षभित्र पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ कार्ययोजना निर्माण गरिएको जानकारी दिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार