काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भइरेहको छ । सोमबार सुन प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी भने २०५ रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ५ हजार ८१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला ६ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।


