CLI

निर्वाचनका लागि हिल्सा नाका बन्द

हुम्ला । यही फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उत्तरी नाम्खा गाउँपालिका–५ स्थित हिल्सा नाका बन्द भएको छ । निर्वाचनलाई लक्षित गरी चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा नाका आउजाउ बन्द गरिएको हो ।

सोमबारदेखि उत्तरी नाम्खा गाउँपालिका–५ स्थित हिल्सा नाका बन्द भएको जिल्ला प्रहरी कार्यालय हुम्ला जनाएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार निर्वाचनको मत परिमाण नआउनजेल हिल्सा नाका बन्द गरिने छ ।

 

Leave Your Comment

Related News