दोहोरो अंकले नेप्से बढेसँगै कारोबार रकम पुग्यो साढे ६ खर्ब

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार र कारोबार रकम दुवैमा वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक १५.४६ अंकले बढेर २११९.६९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.८४ अंकले बढेर ३७४.७० विन्दुमा पुगेर बन्द भएको हो ।

बिहीबार १४९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९२ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । बिहीबार ३१३ वटा कम्पनीको २ करोड २१ लाख ६७ हजार ६ सय ७८ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम ६ खर्ब ४८ अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहन पुग्यो ।बिहीबार बजार पूँजीकरण रकम ३३ खर्ब ६२ अर्ब २१ करोड रह्यो ।

बिहीबार १३ वटा उप समूह मध्ये ११ वटा समूहको सेयर बढ्दा बाँकी २ वटा समूहको सेयर मूल्य घट्यो । वाणिज्य बैंक ५.५३, विकास बैंक १४५.७०, होटल र पर्यटन ९३.७२, जलविद्युत ५.७८, लगानी १.४६, जीवन बीमा १९७.६३, लघुवित्त ९.५७, म्युअुचल फन्ड ०.०४, निर्जीवन बीमा ६२.२०, व्यापार १५.१३ र अन्य समूह २.४१ अंकले बढेको छ । भने वित्त १५.४७ र उत्पादन र प्रशोधन ९.७५ अंकले घटेको हो ।

बिहीबार सबैभन्दा बढी कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, महालक्ष्मी विकास बैंक, सांग्रीला विकास बैंक र मन्जुश्री फाइनान्स रह्यो । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको ३० करोड ९ लाख रुपैयाँ, नेपाल फाइनान्सको १७ करोड ६४ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको १७ करोड १२ लाख रुपैयाँ, सांग्रीला विकास बैंकको १५ करोड ४१ लाख रुपैयाँ र मन्जुश्री फाइनान्सको १४ करोड ३५ लाख रुपैयाँ बराबर करोबार भएको छ ।
बिहीबार सबैभन्दा बढी कमाउनेमा अंखु खोला जलविद्युत कम्पनी , समाज लघुवित्त वित्तीय संस्था र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानी कर्ता रहे भने सबैभन्दा बढी गुमाउनेमा दोर्दी खोला जलविद्युत कम्पनी र सानिमा डिबेन्चर र जानकी फाइनान्सका लगानी कर्ता रहे ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार