CLI

एमाले अध्यक्ष ओलीद्वारा मतदान

भक्तपुर।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका  छन् । अध्यक्ष ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा अवस्थित मतदान केन्द्रबाट मतदान गरेका छन् ।

उनले झापाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका छन् । ओखलढुङ्गा, दोलखालगायतका जिल्लाको केही मतदान केन्द्रमा समस्या आएको जानकारी पाएको बताउँदै उनले भने, “देशभर शान्तिपूर्ण र धाँधलीरहित रूपमा निर्वाचन सम्पन्न हुने विश्वास लिएको छु ।”

Leave Your Comment

Related News