सिमकोट । हिमाली जिल्ला हुम्लामा शुक्रबार राति ढिला गरी मतगणना सुरु भएको थियो । प्रतिनिधिसभाको एक मात्रै निर्वाचन क्षेत्र रहेको हुम्लामा मतगण सुरुआतीदेखि नै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार दीपेन्द्र रोकायाले आफ्नो अग्रतालाई कायम राखेका छन् । ताँजकोट र अदानचुली दुई गाउँपालिकाको मतगणना सम्पन्न हुँदा नेकपाका रोकायाले दुई हजार ३७७, नेपाली कांग्रेसका जयपति रोकायाले एक हजार १६१ र एमालेका दल फडेराले एक हजार ८४६ मत प्राप्त गरेका छन् । हालसम्म पाँच हजार ६३१ मत गण्ना भइसकेको छ भने जिल्लामा २२ हजार ४६७ मत खसेको थियो । अहिले चङ्खेली गाउँपालिकाको मतगणना जारी रहेको छ ।
हुम्लामा नेकपा उम्मेदवार रोकायाको अग्रता कायमै


