CLI

मोरङ ६–मा रास्वपाकी आचार्य निर्वाचित, शेखर कोइरालालाई फराकिलो मत अन्तरले पराजित

काठमाडौं । मोरङ ६–मा रास्वपाकी आचार्य निर्वाचित भएकी छन् ।

मोरङ क्षेत्र नम्बर ६ बाट ५५ हजार पाँच सय १३ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीकी आचार्य निर्वाचित भएकी हुन् । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका डाक्टर शेखर कोइरालालाई फराकिलो मत अन्तरले पराजित गर्दै विजयी भएकी हुन् ।

कोइरालाले १२ हजार आठ सय ५० मतमात्र प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका विनोद प्रसाद ढकालले आठ हजार तीन सय १७ मत ल्याएका छन् भने श्रम संस्कृति पार्टीका मातृका पौडेलले तीन हजार चार सय पत ल्याए ।

मोरङ ४ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी यसअघि नै निर्वाचित भइसकेका छन् । उनले नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेलाई पराजित गरेका हुन् । ४० हजार आठ सय ३३ मत ल्याएर राजवंशी निर्वाचित हुँदा महामन्त्री घिमिरेले १२ हजार आठ सय १८ मत मात्र ल्याएका छन् ।

Leave Your Comment

Related News