CLI

बाजुरामा कांग्रेसका जनकारज गिरी विजयी, रास्वपाका हेमराज तेस्रो

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।  कांग्रेसका जनकराज गिरी १७ हजार १७३ मतसहित विजयी भएका हुन्।

उनी ५४० मतान्तरले विजयी भएका हुन्। यहाँ नेकपा एमालेका लालबहादुर थापा १६ हजार ६३३ मत ल्याएर दोस्रो भए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हेमराज थापा तेस्रो स्थानमा रहे। उनले ६ हजार ३५ मत ल्याए।

नेपाली कम्युनिस्ट पार्टीका प्रकाशबहादुर शाह चौथो भए। उनले ३ हजार ३०१ मत ल्याए।

Leave Your Comment

Related News