CLI

स्थिर सरकार बन्ने भएसँगै लगानीकर्ताको मनोबल बढ्यो, निर्वाचन लगत्तै खुलेको सेयर बजारमा २ वर्षयताकै उच्च वृद्धि

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन सकिएलगत्तै खुलेको सेयर बजारमा उच्च वृद्धि देखिएको छ । रास्वपाले अत्याधिक सिट जितेसँगै ५ वर्षसम्म स्थिर सरकार बन्ने भएपछि लगानीकर्ताको मनोबल उच्च बढेको जानकारहरु बताउँछन् । त्यसैले निर्वाचन सकिएलगतै खुलेको बजारमा सकारात्मक सर्किट लागेको हो ।

सोमबार (फागुन २५ गते) नेप्से सूचक ६ प्रतिशतले बढेर बन्द भएको हो । मार्केट १६२.९३ अंकले बढेर २८७५.४३ विन्दुमा पुगेको हो । यसअघि २ वर्ष अगाडि अर्थात, २०८० फागनु २१ गते नेप्से सूचक ६ प्रतिशतले बढेको थियो । यसबीचमा इन्डेक्स ६ प्रतिशतले बढेको छैन ।

राजनीतिक अस्थिरता, नेपाल राष्ट्र बैंकको कसिलो नीति, महँगो ब्याजदर, बैंकिङ प्रणालिमा तरलता समस्या जस्ता कारणले गर्दा बजारमा सुधार आएको थिएन । तर, अहिले माहोल फरक छ । राष्ट्र बैंकले सेयर बजार मैत्रि नीति निर्माण गरेको छ । सेयरधितो कर्जामा लगाइएको क्याप पनि हटेको छ । उक्त कर्जामा प्रवाह हुने ब्याजदर पनि कम छ । यस्तो कर्जा लिनेको संख्या पनि बढेको छ ।

त्यसमाथि, अहिले ब्रोकरहरुले मार्जिन कारोबार सुरु गरेका छन् । सरसर्ती हेर्दा हाल सरकारले सेयर बजारलाई प्राथमिकतामा राखेको छ । साथै फागुन २१ गतेको निर्वाचन पछि रास्वपाको स्थिर सरकार बन्ने भएपछि बजार बढ्न थप मद्दत पुगेको हो ।

र, रास्वपाले आफ्नो वाचापत्रमा सेयर बजारलाई प्राथमिकतामा राखेको छ । रास्वपाले धितोपत्र ऐन संशोधन, नियामक पुनर्संरचना, डेरिभेटिभ उपकरण सञ्चालन र नेप्सेलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने योजना प्रस्तुत गरेको छ ।

सोमबारको कारोबारमा २९ स्टकको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । १३ वटै उपसमूहको परिसूचक बढेका छन् ।

Leave Your Comment

Related News