४ कम्पनीको ४ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । शुक्रवार चार कम्पनीको कुल ४ लाख २ हजार ११७ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ६० हजार ९८० कित्ता, कुमारी बैंक लिमिटेडको ५ हजार ४९९ कित्ता, आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको १ हजार ८४० कित्ता र प्रभु बैंकको ३ लाख ३३ हजार ७९८ कित्ता संस्थापक शेयर विक्रीमा आएको हो ।

यी शेयर खरीदका लागि सम्बन्धित कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन पेस गर्नुपर्नेछ । चारओटै कम्पनीका शेयर खरीदका लागि आगामी ३५ दिनभित्र सम्बन्धित कम्पनीको केन्द्रीय कार्यालयसँगै विक्री प्रबन्धकको कार्यालयमा आवेदश पेस गर्नुपर्ने छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट यी शेयर खरीद माग नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री प्रक्रिया अघि बढाइने जानकारी कम्पनीहरूले दिएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार