सेयर बजारमा सुधार नहुंदा पनि सेयर धितोवापत् करिब १ खर्ब कर्जा प्रवाह

काठमाडौं । पछिल्लो समय तुलनात्मक रुपमा सेयर बजारमा सुधार देखिएको छैन । सेयर बजार परिसुचक नेप्से अहिले १९ सय देखि २१ सयको हाराहारीमा घुमिरहेको छ । तर यसरी सेयर बजार निरन्तर ओरालो लागेको भएपनि बैंक तथा फाईनान्स कम्पनीहरुले भने सेयर धितोमा प्रवाह गर्ने कर्जा अर्थात मार्जिन लोन बढाएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैंक तथा वित्तीय संस्थाको निक्षेप तथा कर्जा प्रवाह सम्वन्धी पछिल्लो प्रतिवेदन अनुसार चालु आवको १० महिनामा सेयर धितो ९५ अर्ब ९५ करोड ३० लाख रुपैंयाँ कर्जा प्रवाह गरेको देखिएको छ । राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका कुल ५४ वटा संस्थाहरुले सेयर धितोमा प्रवाह गरेको यो कर्जा गत आवको सोही अवधिको तुलनामा ११ अर्ब १ करोड ८० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा २१ वटा बाँणिज्य बैंक, १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स सहितका कुल ५५ वटा संस्थाहरुले सेयर धितोमा कुल ७४ अर्ब ९३ करोड ५० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका थिए ।

बाँणिज्य बैंकहरुले मात्र चालु आवको पछिल्लो १० महिनामा सेयर धितो शिर्षकमा ६७ अर्ब ३४ करोड ६० लाख रुपैंयाँ कर्जा दिएका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा ९ अर्ब ५३ करोड २० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बाँणिज्य बैंकहरुले प्रवाह गरेको यस्तो कर्जा रकम ५७ अर्ब ८१ करोड ४० लाख रुपैंयाँ रहेको थियो । बिकास बैंकहरुले भने चालु आवको पछिल्लो १० महिनामा सेयर धितो शिर्षकमा कुल १४ अर्ब ७५ करोड ६० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा १ अर्ब ३६ करोड ६० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बिकास बैकहरुले प्रवाह गरेको यस्तो कर्जा रकम १३ अर्ब ३९ करोड रुपैंयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार फाईनान्स कम्पनीह्रुले भने पछिल्लो अवधिमा सेयर धितो शिर्षकमा कुल ३ अर्ब ८५ करोड १० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा १२ करोड रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा फाईनान्स कम्पनीहरुले शेयर धितो शिर्षकमा कुल ३ अर्ब ७३ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार