काठमाडौं । भुगोल ईनर्जी डेभलपमेन्ट कम्पनीको संस्थापक समूह तथा कम्पनीका कर्मचारीहरुलाई छुट्टयाईएको सेयरको लक इन अवधि २०८३ वैशाख २ गते सकिने भएको छ ।
कम्पनीको कुल ३९ लाख १२ हजार ८१४ कित्ता सेयरको लकइन अवधि सकिना लागेको हो। हाल कम्पनीका संस्थापकहरुको ३८ लाख ८ हजार ३७४ कित्ता, स्थानीयको ८५ हजार २० कित्ता र कर्मचारीहरुको १९ हजार ४२० कित्ता सेयर लकइनमा राखिएको छ।
यी सेयरहरु लक इन खुलेपछि दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछन् । नेपाल धितोपत्र बोर्डले आइपीओ बाँडफाँट भएको मितिदेखि ३ वर्षसम्म सेयर बिक्रीमा रोक लगाउने व्यवस्था गरेको छ ।


