RE
Global College

नाडा निर्वाचनसम्बन्धी रिट निवेदन पाटन उच्च अदालतद्वारा खारेज, नव–निर्वाचित कार्यसमितिको शपथग्रहणको बाटो खुला

काठमाडौं ।  नेपाल अटोमोबाइल्स एसोसिएशन (NADA) को हालै सम्पन्न निर्वाचन प्रक्रियासम्बन्धी दायर गरिएको रिट निवेदनलाई पाटन उच्च अदालतले खारेज गरेको छ।

अदालतमा मुद्दा विचाराधीन रहँदा संस्थाले न्यायालयप्रतिको सम्मान र विधिको शासनप्रतिको प्रतिबद्धता जनाउँदै नव–निर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम अस्थायी रूपमा स्थगित गरेको थियो।

आज अदालतले रिट खारेज गरेसँगै सम्पूर्ण कानुनी अवरोध हटेको छ र नव–निर्वाचित कार्यसमितिको शपथग्रहणका लागि मार्ग प्रशस्त भएको छ।

नाडाले अदालतको निर्णयप्रति सम्मान व्यक्त गर्दै यसले संस्थालाई थप स्पष्टता, स्थिरता र एकताका साथ अघि बढ्न सहयोग गर्ने विश्वास व्यक्त गरेको छ।

संस्थाले निकट भविष्यमा विधान, विधि तथा स्थापित प्रक्रियाअनुसार शपथग्रहण कार्यक्रम सम्पन्न गर्ने जानकारी दिएको छ। साथै, नाडाले सदस्य, सरोकारवाला निकाय तथा साझेदार संस्थासँग सहकार्य गर्दै नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकास, नीतिगत संवाद तथा उद्योगमैत्री वातावरण सुदृढीकरणमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ।

NECO

Leave Your Comment

Related News