CLI

नेप्सेसँगै बढ्यो कारोबार रकम

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २३.८७ अंकले बढेको छ । बजार २८२०.४४ अंकमा पुगेर बन्द भएको छ । १ लाख ३० हजार १५ पटक्को कारोबार हुँदा ४ करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने १४ अर्ब ५५ करोड १९ लाख रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा कारोबार रकम १ अर्ब ३७ करोड १७ लाख रुपैयाँले बढी हो । बुधबार कारोबार रकम १३ अर्ब १८ करोड २ लाख रुपैयाँ थियो ।

सेन्सेटिभ इण्डेक्स ५.०१ अकं बढेको छ भने फ्लोट इण्डेक्स १.८२ र सेन्सेटिभ फ्लोट डण्डेक्स १.७२ अंक बढेको छ ।

यस दिन १० वटा उप समूह बढेका छन भने ३ वटा घटेको छ । बैंकिङ २.०२ प्रतिशत विकास बैंक १.२८ प्रतिशत वित्त १.३०, जलविद्युत १.१०, लगानी १.१४,जिवन बिमा ०.३६,उत्पादन र प्रशोधन ०.७३,लघुवित्त०.२७, म्युअुचल फण्ड ०.४८ र व्यापार समूह ०.१४ प्रतिशतले बढेका छन । होटल्स तथा पर्यटन समूह ०.३५ प्रतिशत निर्जीवन बिमा ०.०४ र अन्य समूह ०.७४ प्रतिशतले घटेका छन्।

यस दिन सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । नेशनल हाइड्रोपावरको विद्युतको ९.९७, होटल फरेष्ट इनको ९.९३ र दरमखोला हाइड्रो इनर्जीको ९.४६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावर कम्पनी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको ६७ करोड ७९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै,  हाइड्रोइलेक्ट्रिसिटी इन्भेटष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको  ५६ करोड ८२ लाख रुपैयाँको सेयर किनबेच भएको छ भने कुमारी बैंकको कारोबार रकम ४४ करोड ७६ लाख रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News