काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले ल्याउन लागेको साधारण सेयर (आइपीओ) विवादमा परे सँगै कम्पनीले आफनो वित्तीय विवरण सार्वजनिक गरेको छ । नेपाल धितोपत्र बोर्डले रिलायन्सलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दारमा सर्वसधारणका लागि साधारण शेयर बिक्री गर्न अनुमति दिएको थियो । संस्थापक शेयरको मूल्य भन्दा १० प्रतिशत घटाएर मूल्य तोकि आइपीओ जारी गर्न लागेको रिलयान्सले तथ्यांकमा गोलमोटल गरेको अरोप लागेको थियो । लगानीकर्ताका चार संस्थाले कम्पनीले पेश गरेको वित्तीय विवरण बढाइचढाइ गरेको र भविष्यमा कम्पनीले आम्दानी गर्ने रकम असम्भवप्रायः पूर्व अनुमान गरिएकाले यस कम्पनीको प्राथमिक शेयर निष्कासन रद्द गरी आवश्यक छानबिन गर्न माग सहित धितोपत्र बोर्डमा निवेदन दिएका छन्। नेपाल शेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, जनरल इन्भेस्टर एशोसिएशन र साधारण लगानीकर्ता संघले यस्तो माग गरेका हुन्। धागो र कपडा उत्पादन गर्ने यो कम्पनीको मूल्य बूक बिल्डिङ भनिने विधि मार्फत तय भएको थियो।
यसैबीच रिलायन्सले आफनो चैतमसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुरुप उसको नाफा घटेको छ । रिलयान्सले चैतसम्ममा २ करोड ६३ लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ । सार्वजनिक गरेको तथ्यांक अनुरुप उसको नाफा घटेको छ । जबकि असारसम्ममा ९२ करोड ७८ लाख २१ हजार २ सय रुपैयाँ नाफा कमाएको उसले चैतसम्म आइपुग्दा नाफामा गिरावट भएको देखिन्छ । सञ्चालित नाफा चैतसम्म ३७ करोड ३३ लाख ९८ हजार ३ सय रुपैयाँ र असारसम्म २४ करोड ९० लाख ६ हजार रुपैयाँ रहेको छ । चैतसम्म आम्दानी २ करोड १४ लाख ७६ हजार ५ सय ३८ रुपैयाँ र असारसम्म ३ करोड ७४ लाख ७९ हजार ८ सय ८३ रुपैयाँ रहेको छ ।
त्यस्तै, कम्पनीको चैतसम्म कुल सम्पत्ति १४ अर्ब २४ करोड ६४ लाख २२ हजार रुपैयाँ र असारसम्म १४ अर्ब ४९ करोड ९६ लाख ११ हजार रुपैयाँ रहेका थियो । कम्पनीको चैतसम्म कुल दायित्व ७ अर्ब २१ करोड ७४ लाख ४७ हजार रुपैयाँ र असारसम्म ७ अर्ब १५ करोड ५४ लाख ९० हजार रुपैयाँ रहेको छ । कम्पनीको चैतसम्म चुक्त पूँजी १ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ , इक्विटी ५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ र प्रति शेयर आम्दानी २ रुपैयाँ ८ पैसा रहेको छ ।
रिलायन्सले असार २७ गते देखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको प्रतिकित्ता सेयर मूल्य ८२० रूपैयाँ ८० पैसा कायम भएको छ।
सार्वजनिक निष्कासनको १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागिएको हो। आइपिओमा न्यूनतम ५० कित्ता आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। साउन १० गतेसम्म बिक्री खुला रहेनछ।