CLI

पेरिसमा युक्रेनी–फ्रान्सेली वार्ताः रुसमा दबाब बढाउने योजना

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलन्स्की आज पेरिसमा पुगेका छन् । उनि फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोनसँग रुसमा दबाब बढाउने विषयमा विचारविमर्श गर्दै छन् । उक्त भ्रमण त्यतिबेला भएको हो, जब अमेरिकी मध्यस्थतामा किएभ र मोस्कोबीच चार वर्षे युद्ध अन्त्यका लागि सुरु भएका वार्ता अमेरिकी–इजरायली–इरान युद्धका कारण असफल भएका छन् ।

जेलन्स्कीका प्रवक्ता सेर्गी न्यकीफोरोभले भने,“ दुई नेताहरू दिउँसो भेटेर छलफल गर्नुहुनेछ र त्यसपछि संयुक्त पत्रकार सम्मेलन आयोजना गरिनेछ ।” भेटवार्तामा रसियामा प्रतिबन्धको दबाब बढाउने, विशेष गरी तेल ढुवानी गर्ने ‘साया फ्लीट’ ट्याङ्करहरूलाई लक्षित गर्ने विषयमा केन्द्रित रहने अपेक्षा गरिएको छ ।

जेलन्स्कीले एक दिनअघि रोमानियामा पनि भ्रमण गरी सुरक्षा सम्बन्ध सुदृढ गर्नुका साथै बुखारेस्टसँग संयुक्त ड्रोन उत्पादनको सहमति गरेका थिए । फेब्रुअरी सन् २०२२ मा रसियाको युक्रेन आक्रमणले यूरोपमा दोस्रो विश्वयुद्धयता सबैभन्दा ठूलो रक्तपात र विस्थापन निम्त्याएको थियो ।

Leave Your Comment

Related News